बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) राम बहादुर कुरुम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफूमा कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै मंगलबार दिउँसो सामाजिक सन्जालमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘कोरोना विरुद्ध लड्दा लड्दै म आफै संक्रमित भएको छु । मसँग सम्पर्कमा रहनु हुनेले विशेष सावधानी अपनाउनु होला ।’
सिडियो राम बहादुर कोरोना महामारीमा सक्रियताका साथ आफै फिल्डमा उत्रिएर काम गरिरहेका देखिन्थे । उनले आफनो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी गराएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु