Health TV Online
Health TV Online
Health TV Online

बेल्जियममा संक्रमण बढेपछि संक्रमित डाक्टरले पनि पाउन छाडे छुट्टी

बेल्जियमको पूर्वी सहरमा तीनमध्ये एकजनालाई कोरोना संक्रमण

बेल्जियममा संक्रमण बढेपछि संक्रमित डाक्टरले पनि पाउन छाडे छुट्टी

हेल्थ टिभी अनलाइन :  कोरोनाभाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकहरूलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काम गर्न भनिएको छ।

उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू कोभिड १९ का कारण बिरामी भएका छन्। अहिले १० वटा अस्पतालहरूले कोरोनाभाइरसबाट सङ्क्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गर्न अनुरोध गरेका छन्। बेल्जियमको चिकित्सक सङ्घका प्रमुखले अस्पतालको प्रणालीलाई जोगाइ राख्न सङ्क्रमित चिकित्सकलाई बोलाउनुको विकल्प नभएको बताए। डा फिलिप डेभोसले चिकित्सकबाटै बिरामीमा भाइरस सर्ने अकाट्य खतरा रहेको स्वीकार गरे।

बेल्जियमको पूर्वी सहरमा तीनमध्ये एकजनालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।अस्पतालहरूले बिरामीलाई अन्यत्र सारिरहेका छन् र अत्यावश्यकीय बाहेकका शल्यक्रियाहरू रोकेका छन्। स्वास्थ्य मन्त्री फ्र्याङक भ्यान्डेनब्रुकाले यसअघि नै देशमा ुसङक्रमणको बाढी देखिन लागेकोु भन्दै सचेत गराएका थिए।

युरोपभरका सरकारहरूले कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेका छन्। सोमवार एउटा पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाउन, मानिसहरूलाई घरमै बस्ने आदेश दिन वा आवश्यक परे देशव्यापी लकडाउन नै गर्न पनि युरोपभरका देशहरूलाई सुझाएका थिए।
बीबीसी : 

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना