दसैंको दिन थपिए १७४१ कोरोना संक्रमित, ४ हजार बढी डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ सय ४१ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । यसैगरी आज थप ४ हजार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख १५ हजार ६७५ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । आज मृत्यु भएकासँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु