२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८४७ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ । देशभर आज थप २८ सय ५६ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५८ हजा। ८९ पुगेको छ ।
यी मध्ये १ लाख ११ हजार ६७० जना निको भएका छन भने ४५ हजार ५७२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। हाल देशभर ३ हजार ६४ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु