थप २८५६ जनामा कोरोना संक्रमण, ३३३६ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यसैगरी गत २४ घण्टामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३३३६ रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमणमुक्त भएकाहरुसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ८४७ पुगेको छ । आजसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।
उनीहरुमध्ये आधा भन्दा बढी संक्रमित होम आइसोलेसनमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु