काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११ सय १० जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२ ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ११ सय १० जना उपत्यकामा थपिएका हुन्। आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।
यसैगरी गत २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २८ सय ४६ छ । योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जनाले कोरोना जितेका छन्। आज थप १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु