शनिबार थपिए २२२५ कोरोना संक्रमित, १३ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा थप २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ जना पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ भने १ लाख ८ हजार ३३४ जना संक्रमित कोरोना जितेर निको भएका छन्। शनिबारसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु