डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
डा भट्टराईले सामाजिक संजालमार्फत आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्।
उनले असोज ७ गते कोरोनाको आशंकामा परीक्षण गरेकोमा रिपोर्ट पोजेटिभ आएको बताएका छन्। कोरोना संक्रमण देखिए पनि खासै स्वास्थ्य समस्या नदेखिएकाले चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन्।
उनले आफनो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गर्दै केही लक्षण देखिएमा चिकित्सकको सल्लाह लिन समेत आग्रह गरेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु