Health TV Online
Health TV Online
Health TV Online

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८२९ पुग्यो

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८२९ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ सय ६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । यी मध्ये १ लाख ५ हजार ४८८ जना कोरोना जितेर डिस्चार्ज भइसकेको छन् भने हाल देशभर ४६ हजार ६९१जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना