गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहानदेखि तीनवटा छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा गरी थप ४२ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ३०९ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा परीक्षण गर्दा उनीहरुका कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये अधिकांस कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद बिन्दुले जनाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु