थप ३६३७ जनामा कोरोना संक्रमण, ३२१५ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५० पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ । आज कोरोना जितेर ३२१५ जना डिस्चार्ज भएका छन्।
हाल देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी हाल ३ हजार ७५१ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु