गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका १ की ६८ वर्षीया संक्रमित महिलाको गण्डकी मेडिकल कलेज पोखरामा बुधबार साँझ मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
यसैगरी गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु