३३ वर्षीया गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
तनहुँ जिल्ला शुक्लगण्डकी घर भई हाल हेटौंडा बस्ने ३३ वर्षीया महिलाको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनी ३७ हप्ताकी गर्भवती थिइन्। असोज ३० गते श्वासप्रश्वासमा समस्या भएपछि भरतपुर अस्पताल भर्ना भएकी उनमा कोरोनाको आशंकामा परीक्षण गर्दा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसीयूमा राखे उपचार भइरहेकोमा आज बिहीबार बिहान ६ :१५ बजे उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसभन्दा अघि पनि बारामा २४ वर्षीया गर्भवतीले कोरोना संक्रमणका कारण ज्यान गुमाएकी थिइन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु