दशैंमा पनि कोरोना अस्पताल र प्रयोगशाला सञ्चालन हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले दशैंको बिदाका दिनमा पनि कोरोना परीक्षण तथा उपचार सेवा सूचारु हुने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैंका बेलामा पनि कोरोना संक्रमितको उपचार र परीक्षण सेवामा अवरोध नहुने बताए । डा गौतमले बुधबारको मिडिया ब्रिफिङमा कोरोना संक्रमितको संख्या बढिरहेकोले यो बेला पनि परीक्षण र उपचार सेवा आवश्यकता अनुसार सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए।
दशैंमा कोरोना संक्रमणको जोखिम बढी हुने भएकाले जो जहाँ छ त्यहीं बसेर यसपालीको दशैं मनाउन सरकारले आग्रह गर्दै आएको छ ।
आज मात्रै देशभर ५ हजार ७४३ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । यसैगरी हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु