Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्री ढकालले भने- उपचार गर्न सक्नेले आफै गर्नुस्, नसक्नेलाई सरकारले गर्छ

स्वास्थ्य मन्त्री ढकालले भने- उपचार गर्न सक्नेले आफै गर्नुस्, नसक्नेलाई सरकारले गर्छ

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकार कोरोना संक्रमितको उपचारबाट पछि नहटेको जनाएका छन्।

मन्त्री ढकालले मंगलबारको नियमित मिडिया ब्रिफिङमा भिडियो सन्देश दिंदै सरकार संक्रमितको उपचारबाट पछि हटेको नभई उपचारमा सबैको पहुँच होस भनेर सक्नेले आफै गर्ने र नसक्नेलाई सरकारले गर्छ भनेको हो भन्दै स्पष्ट पारे ।

उनले नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०७७ असोज १९ गते कोभिड -१९ को परिक्षण तथा उपचारसम्बन्धी गरेको व्यवस्था अनुसार आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको जनाए ।

मन्त्री ढकालले यसले स्वास्थ्य उपचारमा सामाजिक न्याय सहितको समता स्थापित गर्ने समेत जनाए । उनले भने, ‘कोभिड- १९ को रोकथाम, नियन्त्रण र उपचारमा थप प्रभावकारी बनाउन उल्लेखित वर्गमा परेका नागरिकहरुको स्वास्थ्य उपचारको प्रत्याभूति गर्न आवश्यक भएकोले यो निर्णय लिइएको हो । कोभिड- १९ को परिक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँच बृद्धि गरिएको छ । सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेका छन् ।’

मन्त्री ढकालले आर्थिक रुपमा सक्षम व्यक्तिले शुल्क तिरेर परीक्षण र उपचार गर्न सक्ने र नसक्नेका लागि सरकार तयार रहेको फेरी पनि उल्लेख गरे । ढकालले संक्रमण बढेसँगै देशभर आईसीयू र भेन्टिलेटरसहितका पूर्वाधार विस्तार तीव्र पारेको उल्लेख गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना