काठमाडौं उपत्यकामा थपिए १७०२ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १७०२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थप १७ सय २ जनामा संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १४३१ जना, भक्तपुरका १४८ जना र ललितपुरका १२३ जना रहेका छन्।
आज देशभर ३ हजार ९३ जना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै १७०२ जना थपिएका हुन्। पछिल्लो समय काठमाडौं उपत्यका ‘कोरोना हटस्पट’ बन्दै गइरहेको छ । हाल देशभर ४१ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु