थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २१०८ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५ रहेको जनाइएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु