अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कन काठमाडौंवासीलाई जिल्ला प्रशासनको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अति आवश्यक नभई घरबाहिर ननिस्कन काठमाडौंवासीलाई आग्रह गरेको छ ।
काठमाडौं प्रशासनले सूचना जारी गर्दै कोरोना संक्रमण तिब्र रुपमा बढिरहेकाले यसबाट बच्न अत्यावश्यक नपरेसम्म दशैंंमा पनि बाहिर ननिस्कन आग्रह गरेको हो ।
सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘दिनहुँ बढिरहेका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमा छन्। चाडबाडमा चहलपहल बढ्ने र यसले कोरोना संक्रमण फैलिन सक्ने हुँदा सकेसम्म घरमै बसेर दशैं लगायतका चाडबाड मनाउन आग्रह गर्दछौं । बाहिर निस्कनै परेमा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरिन्छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालद्धारा जारी गरिएको सूचनामा कोरोना संक्रमण कम गर्न यसपटक व्यक्तिगत र सामूहिक सचेतना अपनाई जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन आग्रह गरिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु