‘कोरोना हटस्पट’ काठमाडौं उपत्यकामा एकैदिन थपिए २३८८ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय कोरोना हटस्पट बनेको काठमाडौं उपत्यकामा थप २३८८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार ८ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय काठमाडौं उपत्यकामा ठूलो संख्यामा संक्रमित पुष्टि हुँदै आइरहेको छ । घनाबस्ती भएका शहरहरुमध्ये काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको मन्त्रालयले बताउँदै आएको छ ।
आज देशभर ३७९० जना संक्रमित थपिंदा आधा भन्दा बढी संक्रमित उपत्यकाका रहेका छन्। यसैगरी पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतककको संख्या ७५७ पुगेको छ । हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन्। क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४७० रहेको छ । हालसम्म ९४ हजार ५०१ जनाले कोरोना जितेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु