पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३७९० जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप २३३५ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ९४ हजार ५०१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको संख्या मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु