स्वास्थ्य मन्त्रालयले भन्यो, कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्नु

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै अस्पताललाई निर्देशन दिंदै लक्षण नदेखिएका संक्रमितलाई १० दिनमै अस्पतालबाट डिस्चार्ज दिने निर्णय भएकाले सोही बमोजिम गर्नुपर्ने बताएका हुन्। उनले तीन दिनदेखि कोरोनाको कुनै लक्षण नदेखिएमा संक्रमितलाई एक साता घरमै आइसोलेसनमा बस्ने गरी डिस्चार्ज दिन आग्रह गरे ।
शुरुमा सरकारले दुईपटकसम्म पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने गरेको थियो । बिचमा अर्को निर्णय गर्दै १४ दिनमा पीसीआर परीक्षण नै नगरी डिस्चार्ज गर्ने निर्णय गर्यो र अहिले आएर पुन: समय घटाएर १० दिनमै संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने मापदण्ड बनाएको हो ।
पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएकाले बेड अभाव हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु