अबदेखि कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अब देखि कोरोना भाइरस संक्रमण पुष्टि भएमा आफ्नै खर्चमा उपचार गर्नुपर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको मिडिया ब्रिफिङमा अबदेखि कोरोना संक्रमितले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने जनाएका हुन्। यस भन्दा अघि कोरोना संक्रमितको उपचार सरकारले नि: शुल्क गर्दै आएको थियो ।
डा गौतमका अनुसार अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अति विपन्न नागरिक, असहाय एकल महिला, अपांंगता भएका व्यक्तिको मात्रै सरकारले निशुल्क उपचार गर्ने निर्णय भएको हो । उनीहरुको हकमा पनि स्पष्ट लक्षण देखिएमा मात्र सरकारले उपचार गर्ने उनले जनाएका छन्। यदि उनीहरुले कोरोना बीमा गरेको भए सोही बीमा रकमबाट उपचार गरिने पनि डा गौतमले जानकारी दिए ।
उनले यो निर्णय आजैका मितिबाट लागू हुने पनि जनाए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु