उपत्यकामा १६९८ सहित देशभर २९४२ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २९४२ जना कोरोना संक्रमित थपिएका छन्।
यी मध्ये उपत्यकामा मात्रै १६९८ जनामाा संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । यसैगरी गत २४ घण्टामा थप २३ सय २६ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको मन्त्रालयले जनाएको छ ।
उता पछिल्लो २४ घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ७३९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन् भने ४ हजार ८३१ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु