विश्वमा झण्डै ४ करोड मानिसमा कोरोना पुष्टि, ११ लाख बढीले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन : विश्वमा झण्डै ४ करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार आइतबारसम्म ३ करोड ९९ लाख ५९ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।
वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ११ लाख १४ हजार ६३३ पुगेको छ । उता कोरोना संक्रमण मुक्त हुनेको संख्या नै २ करोड ९८ लाख ८८ हजार ५८४ जना संक्रमित निको भएर आइसोलसनबाट डिस्चार्ज भएका छन्।
हालसम्म कोरोनाबाट मृत्यु हुनेमा अमेरिकामा धेरै रहेका छन्। अमेरिकामा मात्रै कोरोनाबाट २ लाख २४ हजार २८२ जनाको मृत्यु भएको जनाइएको छ । उता संक्रमितको संख्या नै त्यहाँ ८३ लाख ४२ हजार ६६५ पुगेको छ । उता अमेरिकापछि भारतमा सबैभन्दा बढी संक्रमित देखिएका छन्। त्यहाँ हालसम्म ७४ लाख ९४ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको छ । तेस्रोमा ब्राजिल रहेको छ ।
यता नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ भने हालसम्म ७२७ जनाको मृत्यु भइसकेको छ । हाल नेपालमा ३८ हजार ७३७ जना सक्रिय संक्रमित रहेका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights