स्वास्थ्य मन्त्रालयले भन्यो, गाउँमा कोही नयाँ मानिस आए ७ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुस्

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफनो गाउँ टोलमा कोही नयाँ व्यक्ति आएमा कम्तीमा सात दिन क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैंमा आफनो टोल छिमेकमा कोही नयाँ मानिस आएमा उसलाई सबै छिमेकी मिलेर अनिवार्य ७ दिन क्वारेन्टाइन बस्न लगाउन आग्रह गरेका हुन्।
कोरोना महामारी नियन्त्रण गर्नका लागि सरकारले सबैलाई जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन आग्रह गर्दै आएको छ । तर पनि केही व्यक्तिहरु एक ठाउँबाट अर्को ठाउँमा गइरहेको भन्दै यो अवस्थामा उनीहरुलाई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको हो ।
पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशभरका आइसीयू भरिएका छन्। सरकारले नयाँ संक्रमितलाई उपचारमा समस्या हुन थालेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सकेसम्म बाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु