२४ घण्टामा २१ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ७१५ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३९२ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । यी मध्ये कोरोना संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० रहेको छ भने हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार हाल ४ हजार ८०८ जना क्वारेन्टाइनमा छन्। आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु