थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ६९४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९४ पुगेको छ ।
आज ३७४९ जना नयाँ संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । यी मध्ये ८४ हजार ५१८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हाल देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
उता ४ हजार ८२५ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु