Health TV Online
Health TV Online
Health TV Online

डा बुद्धिमान श्रेष्ठको दोस्रो गीत ‘शीतल छायाँलाई’ बजारमा

डा बुद्धिमान श्रेष्ठको दोस्रो गीत ‘शीतल छायाँलाई’ बजारमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेण्ठको अर्को गीत बजारमा आएको छ ।

सात महिना अघि ‘बैगुनी भाग १’  लिएर आएका उनले अहिले बैगुनी भाग २ पस्केका छन्। चर्चित गायिका मेलिना राई र डा बुद्धिमानको स्वरमा सजिएको पहिलो सांगीतिक कोशेली ‘रेलले तान्यो र ,बैगुनी छौ भन्ने कस्ले जान्यो र गीत निकै हिट भएको थियो ।

बुधबार प्रिमियर भएको दोस्रो गित ‘शीतल छायाँलाई, भुल्न कहाँ सक्छु र बैगुनी हितको मायालाई ‘ बोलको यो गीतको शव्द संगीत बादल घिमिरेको रहेको छ । म्युजिक भिडियोमा नायक पल शाह र प्रियना आचार्यले अभिनय गरेका छन्। यसमा पनि मेलिना राई र उनको स्वर रहेको छ ।

पहिलो गीत जस्तै यसलाई पनि धेरैले मन पराउने विश्वास लिएको डा श्रेष्ठले जनाएका छन्।

हेर्नुहोस् भिडियो :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना