पोखरा महानगरमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

हेल्थ टिभी अनलाइन \काठमाडौं: कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले सूचना निकालेर अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द रहने जानकारी दिएका हुन् ।
महानगरका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत सोमबार ती कर्मचारीको स्वाब संकलन गरिएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण अन्य कर्मचारीमा पनि देखिएपछि केही कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु