Health TV Online
Health TV Online
Health TV Online

बाग्लुङका ५१ जनासहित गण्डकीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि

बाग्लुङका ५१ जनासहित गण्डकीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा बिहिबार थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ जिल्लामा गरी थप ९७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ५ हजार २८४ पुगेको छ ।

यसरी संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ३० जना, बाग्लुङका ५१ जना, गोरखाका ६ जना, लमजुङका ३ जना र नवलपरासी पूर्वका ६ जना रहेका छन्।

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना