नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या ६७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसो त अन्य देशहरुको तुलनामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर कम रहेको पाइन्छ । मन्त्रालयका अनुसार नेपालका कोरोना संक्रमितहरुमा मृत्यु दर शूल्य दशमलब ५७ प्रतिशत रहेको छ ।
बुधबारसम्म देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। त्यसमध्ये ८० हजार ९५४ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १२ लाख २१ हजार ३८ पीसीआर परीक्षण गरिएको छ ।
विज्ञहरुका अनुसार दीर्घरोगी, वृद्धवृद्धा एवं रोगसँग लड्ने क्षमता पहिलेदेखि नै कम भएका व्यक्तिहरुमा कोरोना संक्रमण भएपछि जोखिम र मृत्यु हुने सम्भावना बढी हुन्छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु