सरकारले एन्टिजिन परीक्षणको शुल्क एक हजार तोक्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना भाइरस पत्ता लगाउनका लागि एन्टिजिन परीक्षण पनि गर्ने भएको छ ।
यो परीक्षणका लागि अधिकतम १ हजार रुपयाँ तोकिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्विकृति पाएका प्रयोगशालाले मात्र यो परीक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनले यसमा प्रयोग हुने किट एफडीए र इयूए मान्यता प्राप्त भएका मात्र प्रयोग गर्नुपर्ने जनाए ।
यो विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने र रिपोर्ट नेगेटिभ आएमा परीक्षण गराउने व्यक्तिलाई मात्र जानकारी दिए पुग्ने पनि उनले जानकारी दिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु