आज काठमाडौं उपत्यकामा थपिए २१२९ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा आज २१२९ जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा गरी २१२९ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १७४६ जना, भक्तपुरका १६७ जना र ललितपुरका २१६ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ३५५६ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ६६३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु