आकस्मिक बाहेकका शल्यक्रिया नगर्न अस्पताललाई सरकारको निर्देशन

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोनाका संक्रमित बढ्दै जाँदा आकस्मिक बाहेकका शल्यक्रिया तत्कालका लागि नगर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको मिडिया ब्रिफिङका क्रममा तत्काल नगरी नहुने शल्यक्रिया मात्र गर्न सबै अस्पताललाई निर्देशन दिएका हुन्। उनले लक्षण सहितका कोरोना संक्रमित बढ्दै गएकाले उनीहरुको लागि आइसीयू, भेन्टिलेटर चाहिने हुँदा तत्कालका लागि आकस्मिक बाहेकका शल्यक्रिया रोक्न आग्रह गरेका हुन्।
पछिल्लो समय कोरोना संक्रमितले आइसीयू र भेन्टिलेटर पाउन मुश्किल हुन थालेपछि सरकारले यस्तो सूचना जारी गरेको हो । बाग्मती प्रदेशमा सबैभन्दा बढी १५५ जना कोरोना संक्रमित आईसीयूमा र ४६ जना भेन्टिलेटरमा रहेका छन्। देशभर हाल २७९ जना संक्रमित आईसीयू र ६७ जना भेन्टलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु