काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २२ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका ३ जिल्लामा गरी थप २२ सय ८३ जनामा कोरोना देखिएको हो । यसरी संक्रमण हुनेहरुमा काठमाडौंका १८ सय ८८ जना, भक्तपुरका ११८ र ललितपुरका २७७ जना रहेका छन्।
आज देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु