अध्ययन भन्छ- पैसा र मोबाइलमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्छ

हेल्थ टिभी अनलाइन : कोभिड १९ रोग गराउने कोरोना भाइरस पैसा, फोन स्क्रीन तथा स्टीलजस्ता सतहमा २८ दिनसम्म सक्रिय रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको अध्ययन अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहनसक्छ। तर अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका हुन्। परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइसकेको छ। तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने संक्रमणको जोखिमबारे शंका प्रकट गरेका छन्।
यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ।यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स कोभ २ भाइरस ब्याङ्क नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो। भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएका थिए।
अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै जन्ड देखिएको हो। मोबाइल फोनको स्क्रीनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित पाइयो।
तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ। सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा यसको संक्रमणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुन्छ र मानिसहरूलाई जोगाउन सकिन्छ, उक्त निकायका प्रमुख कार्यकारी डा ल्यारी मार्शलले बताए।
बीबीसी
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै