२४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १५ सय ५२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार कोरोना जित्नेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ । गत २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।
हाल देशभर ३१ हजार ३१५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु