बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर ८ गोल्छाकी ७१ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका १० ट्राफिक चोकका ८४ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । ७१ वर्षीया महिलामा स्वास्थ्य समस्या आएपछि असोज १४ गते अस्पताल भर्ना भएकी थिइन्। उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि रेमडिसिभिर र प्लाज्मा थेरापी समेत दिइएको अस्पतालले जनाएको छ । उनको उपचारकै क्रममा हिजो राती १० बजे मृत्यु भएको हो ।
यसैगरी ८४ वर्षीय पुरुषमा असोज ५ गते कोरोना पुष्टि भएको र सोही दिनदेखि अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा समस्या हुँदै गएर हिजो शनिबार राती ९ : ५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु