सरकार र डा केसीबीच ८ बुँदे सहमति

हेल्थ टिभी अनलाइन\ काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसी र सरकार बीच ८ बुँदे सहमति भएको छ ।
आमरण अनसनरत डा केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
सहमति भएसँगै डा केसीले अब केहीबेरमा अनसन तोड्ने छन् ।सरकारसँग सहमति हिजो नै भएपनि डा केसीले भने आइतबार बिहान साढे ९ बजे मात्र अनसन तोड्ने बताएका थिए । डा केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आजैबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
डा केसीले भदौ २९ गते जुम्ला पुगेर १९ औँ अनसन शुरु गरेका थिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु