आइतबार आकस्मिक र कोभिड १९ बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णय

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका अस्पतालमा आकस्मिक सेवा र कोभिड -१९ सम्बन्धी सेवाबाहेकका अन्य सेवा ठप्प पार्ने भएको छ ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको मागकाबारेमा सरकार गम्भीर नभएको भन्दै संघले दवाव स्वरुप सेवा ठप्प पार्ने भएको हो ।
सरकारले असोज २२ गते वार्ता टोली बनाएर वार्ता शुरु गरेको भए पनि औपचारिकताका लागि मात्र वार्तामा बसेको र डा केसीको जीवन रक्षाका लागि गम्भीर नभएको निष्कर्ष संघले निकालेको छ। यसअघि नै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको भए पनि वार्ता शुरु भएपछि स्थगित गरिएको थियो । सरकारले दुई दिनसम्म वार्तामा बसेर कुनै निष्कर्षमा नै नपुगी आलटाल गर्न खोजेपछि पुन वार्ता हुन नसकेको संघको भनाई छ । संघले आइतबारसम्म पनि डा केसीको अनसनका बारेमा केही निर्णय नभएमा कडा आन्दोलनमा जाने विज्ञप्ति मार्फत जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु