काठमाडौं उपत्यकामा कोरोना : २४ घण्टामा थपिए २६७२ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौमा २१ सय जना, भक्तपुरका २०३ जना र ललितपुरमा ३६९ जनामा कोरोना पुष्टि भएको हो ।
उपत्यकामा गत २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाको हटस्पट बनेको उपत्यकामा संक्रमित थपिने क्रम दिन प्रतिदिन बढ्दो छ ।
आज देशभर अहिलेसम्मकै उच्च ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी देशभर २४ घण्टामा १४ जना संक्रमितले ज्यान गुमाएका छन्।
नेपालमा हाल कुल कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । यसैगरी ३० हजार ८१८ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु