आज एकै दिन थपिए ५ हजार ८ जना कोरोना संक्रमित
थप १४ संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप ५००८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । कोरोनाको आशंकामा गत २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ३२० जनाको परीक्षण गरिएको थियो ।
यसैगरी गत २४ घण्टामा १२ सय २९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु