सरकार र डा. केसी पक्षबीच आज वार्ता हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीसँग सरकारले आज वार्ता गर्ने भएको छ ।
उनी अनसन बसेको २४ औँं दिनमा हिजो मात्र सरकारले वार्ता टोली बनाएको हो । सबैतिरबाट दवाव सिर्जना भएपछि मात्र सरकारले वार्ताटोली बनाएर आज औपचारिक रुपमा छलफल गर्दैछ । सरकारका तर्फबाट डा केसीसँग वार्ताका लागि शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह सचिव डा गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्माको टोली बनाइएको छ ।
उता डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा डा अञ्जनी कुमार झा र नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की एवं अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन्। डा केसीको यो १९ औँ अनसन हो।
चिकित्सक संघले डा केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै आजदेखि लागू हुने गरी हिजो नै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु