दृष्टि दिवसको अवसरमा तिलगंगा आँखा अस्पतालमा ३ सय जनाको मोतिविन्दुको नि:शुल्क शल्यक्रिया

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व दृष्टि दिवसको अवसर पारेर तिलगंगा आँखा अस्पतालले ३ सय बढीको निशुल्क मोतिविन्दुको शल्यक्रिया गर्ने जनाएको छ ।
विश्व दृष्टि दिवसको अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले धादिङ, नुवाकोट, रसुवा, ओखलढुंगा, सिन्धुपाल्चोक, रोल्पा, रामेछाप र दोलखा जिल्लाका ३ सय जना मोतिविन्दुका बिरामीको काठमाडौं स्थित तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने काम भईरहेको छ ।
उपरोक्त जिल्लाको उपत्यका वा आसपासका क्षेत्रमा बसोबास गरेका बिरामीले पनि यो सेवा लिन पाउँनेछन् । जसका लागि माथि उल्लेखित गरेको जिल्लामा अवस्थित जिल्ला सामुदायिक आँखा केन्द्रको सिफारिस वा जिल्ला खुल्ने परिचयपत्र र पीसीआर परिक्षणको रिपोर्ट भने ल्याउनुपर्नेछ । यो सेवा मंसीर महिनसम्म लागु हुने अस्पतालले जनाएको छ ।
निः शुल्क शल्यक्रियाको लागि अन्तराष्ट्रिय सहयोगी संस्था द फ्रेड हलोज फाउण्डेसन र हिमालयन क्याटर्याक्ट प्रोजेक्टले सहयोग गरिरहेको पनि अस्पतालले जनाएको छ । आज विश्वभरी नै आँखा स्वास्थ्यसम्बन्धी सचेतना जगाउन दृष्टि दिवस मनाइँदैछ । यसपटको दिवसको नारा ‘दृष्टि प्रतिको आश’ रहेको छ ।
नेपालमा अन्धोपनको मुख्य कारण नै मोतिविन्दु रहेको छ । ६५ प्रतिशत अन्धोपन मोतिविन्दुबाट मात्र हुने गरेको तथ्यांक छ । त्यसपछि आँखाको पर्दा जन्य रोगका कारण १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत, जलविन्दुका कारण ५ प्रतिशत, दृष्टिदोष ४ प्रतिशत र अन्य कारण ७ प्रतिशत रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु