झापामा कोरोना संक्रमित २ महिने शिशुको मृत्यु

हेल्थ टिभी अनलाइन \झापा : झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमणका कारण एक जना शिशुको मृत्यु भएको छ ।
भद्रपुर–८ का दुई महिने शिशुमा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोनाको रिपोर्ट आएको अस्पतालले जनाएको छ । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो।
अस्पताल आएको शिशुमा कोरोनासँग मिल्ने लक्षण देखा परेपछि स्वाब संकलन गरेर परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु