असुरक्षित गर्भपतनले अझै पनि ज्यान गुमाउँदै महिला

कल्पना आचार्य \काठमाडौं : सुरक्षित गर्भपतनसम्बन्धी कानून भएका देशहरुमा पनि असुरक्षित गर्भपतन गर्न महिलाहरु बाध्य भएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले ‘दशौँ एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेक्सुअल हेल्थ राइट्स’ को आठौं भर्चुअल सेसनमा कानून बनाएकै देशमा पनि महिलाहरु विविध कारणले असुरक्षित गर्भपतन गर्न बाध्य भएको बताएका हुन्।
विश्व सुरक्षित गर्भपतन दिवसको अवसर पारेर गरिएको भर्चुअल छलफल कार्यक्रममा सो सेसनकी अध्यक्ष एवं मेरी स्टोप्स कम्बोडियाकी कन्ट्री डाइरेक्टर एमी विलियमसनले विश्वभरी फैलिएको कोरोना महामारीले महिलाको सुरक्षित गर्भपतन गर्न पाउने अधिकार र पहुँचमा असर पुराएको जनाई्न । उनले सुरक्षित गर्भपतन गर्न पाउनु महिलाको प्रजनन स्वास्थ्य अधिकार भएकाले यो बेला पनि गर्भपतन सेवालाई अत्यावश्यक सेवाभित्र राख्दै सेवालाई पहुँचयोग्य बनाउनपर्नेमा जोड दिइन्। उनले कोरोना महामारीले भइहरेको चुनौति माथि पनि थप चुनौति थपेकोमा सबै मिलेर यसमा काम गर्नुपर्ने बेला आएको बताईन्।
छलफल कार्यक्रममा एसिया सेफ अबोर्सन पार्टनरसिपकी संयोजक डा सुचित्रा डेलिभले महिलाहरुले अझै पनि असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउन पुग्नु दुखद भएको बताईन्। उनले सुरक्षित गर्भपतनसम्बन्धी कानून बलियो भएका नेपाल, भारत, कम्बोडिया जस्ता देशहरुमा पनि असुरक्षित गर्भपतन नरोकिएको जनाइन्। कतिपय देशहरुमा धार्मिक आस्था, संस्कृति र पुरातन विचारका कारण पनि गर्भपतनसम्बन्धी गलत धारणा रहेको र यही कारण सुरक्षित गर्भपतनको सेवा सम्म जान नसकेको जिकीर गरिन्। महिलाले चाहेर पनि यस्ता बन्धनहरु तोड्न नसक्दा असुरक्षित गर्भपतनबाट हुने थुप्रै अप्ठेरा स्थितीहरु झेल्न बाध्य भएको बताइन्।
कहिलेकाहीं पितृसत्तात्मक सोचाईका कारण पनि महिलाले आफै निर्णय गर्न नसकेर असुरक्षित गर्भपतनतर्फ जाने गरेको कयौं उदाहरण रहेका छन्। कोरोना महामारीले महिलाको सुरक्षित गर्भपतन गर्नपाउने अधिकार पनि खुम्चिएको उनको भनाई छ । उनले गर्भपतनसम्बनन्धी कानून कार्यानवयनका लागि राजनितिक इच्छा शक्ति पनि हुनपर्ने भन्दै यसमा राज्यले नै यसलाई राष्ट्रिय एजेन्डा बनाएर महिलाको बाँच्न पाउने अधिकार सुनिशिचत गर्न पर्नेमा जोड दिइन् ।
उता अर्की विज्ञ सिभानान्थीले कोरोना महामारीका कारण गर्भनिरोधक साधनमा पहुँच नहुँदा धेरै महिलाहरु अनिच्छित रुपमा गर्भवती हुने अनुमान गरिएको बताईन्। यो अवस्थामा अझै गर्भपतन सेवा आवश्यक पर्छ । एक अध्ययनले यो महामारीका बेला १० प्रतिशतले असुरक्षित गर्भपतन बढ्ने अनुमान गरेको छ । यसलाई रोक्नका लागि विज्ञहरुले सुरक्षित गर्भपतन सेवालाई महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार भित्र समावेश गर्दै अत्यावश्यक रुपमा सेवा बिस्तार र सूचारु गर्न सुझाव दिएका छन्।
नेपालमा जम्मा ४२ प्रतिशत महिलाले मात्र सुरक्षित गर्भपतन सेवा लिने गरेको सरकारी तथ्यांक छ ।
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै
सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत चित्र छाप्न रोक्ने उद्योग मन्त्रालयको पत्र विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
नेपाली औषधिको बजार बिस्तार हुँदै, पाँच उद्योगको कारोबार २ सय ५० करोड भन्दा माथि
छोकडा खानुका यी हुन् फाइदा
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालनमा