धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर ३ का ६४ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनको आज बिहान ४ :२० बजे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा आशिष श्रेष्ठले बताएका छन्।
अस्पतालका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि मृतक पुरुष असोज १२ गते प्रतिष्ठानको कोभिड वार्डमा भर्ना भएका थिए । उनको अवस्था नाजुक बन्दै गएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ । उनी मधुमेहका बिरामी रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हिजो ४ बजेसम्म नेपालमा ५५४ जना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु