२४ घण्टामा १९ जना संक्रमितको मृत्यु, उपत्यकामा मात्रै १२ जनाले गुमाए ज्यान
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ महिला र १४ जना पुरुष गरी १९ जना संक्रमितको मृत्यु भएको हो । यसरी एकैदिन मृत्यु हुने यो अहिलेसम्मकै उच्च संख्या हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । यसरी मृत्यु हुनेहरुमा सुनसरी र पर्सामा १ \१ जना, सर्लाहीमा २ जना, चितवनमा १ जना रहेका छन्। यसैगरी गोरखा र नवलपरसाीमा पनि १ \१ जना संक्रमितको गत २४ घण्टामा मृत्यु भएको जनाइएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मात्रै १२ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यसमध्ये काठमाडौंका ३ जना महिला र ६ जना पुरुष रहेका छन् । उता ललितपुरमा मात्रै ३ जना पुरुष संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालमा संक्रमित र मृत्यु दर पनि बढ्दो क्रममा रहेको छ । यसमा पनि काठमाडौं उपत्यका सबैभन्दा बढी जोखिममा रहेको जनाइएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु