२२६ संक्रमित आईसीयूमा, ३४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा देशभर २२६ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइहरेको छ। यसैगरी ३४ जना सिकिस्त संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आईसीयूमा २८ जना र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ । यसैगरी प्रदेश २ मा १७ जना संक्रमित आईसीयूमा रहेका छन्। उता बाग्मती प्रदेशमा ११२ जना आईसीयूमा र २७ जना भेन्टिलेरमा रहेका छन्। गण्डकी प्रदेशमा भने ६ जना संक्रमित आईसीयूमा छन्। उता प्रदेश ५ मा पनि ४४ जना संक्रमित आईसीयूमा र ६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
कर्णालीमा १५ जना आईसीयूमा पुगेका छन्। सुदूरपश्चिममा भने हाल ४ जनाको मात्र आईसीयूमा उपचार भइहरेको छ । पछिल्लो समय लक्षण सहतिको कोरोना संक्रमित थपिंदै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु