महेन्द्रनगरकी २९ वर्षीया सुत्केरीको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार महेन्द्रनगर २ कञ्चनपुर निवासी २९ वर्षीया सुत्केरीको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । धनगढीको सेती अस्पतालमा जुम्ल्याहा बच्चा जन्म दिएकी उनको स्वास्थ्यमा समस्या आएको थियो । बच्चा जन्मिएपछि उच्च रक्तश्राव पछि उनको पाठेघरको शल्यक्रिया समेत गरिएको सेती अस्पतालले जनाएको छ । सुत्केरी भएपछि असोज १४ गते कोरोना आशंकामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै उनलाइ नेपालगंज मेडिकल कलेज काेहलपुरमा रिफर गरिएको थियो ।
नेपालगंज मेडिकल कलेजले आफूकहाँ आउने बेलामा संक्रमित सुत्केरीको अवस्था जटिल भएको जनाएको छ । सुत्केरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि बचाउन नसकिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको आज बिहान ४ : ३० बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा बाहिर जिल्लाबाट आएर उपचारकै क्रममामृत्यु हुने कोरोना संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु